Search This Blog

Thursday, June 18, 2015

अन्तर्राष्ट्रिय बक्स अफिसको रेकर्ड तोडियो


हलिउड फिल्म 'जुरेसिक वर्ल्ड'ले अन्तर्राष्ट्रिय बक्स अफिसको सबै रेकर्ड तोडेको छ। यो फिल्मले पहिलो दिनमै ३ सय १५ मिलियन डलर कमाएको छ। यसअघि सन् २०११ मा ह्यारी पोर्टर' र 'डेथलो होलोस-२'नामक फिल्मको नाममा रेकर्ड थियो। यी दुबै फिल्मले ३ सय १४ मिलियन बराबरको कमाइ गरेको थियो।
युनिभर्सल पिक्चर्सका अनुसार जुरेसिक वर्ल्डले उत्तरी अमेरिकी बक्स अफिसमा २ सय ८ मिलियनको ब्यापार गरेको छ। उत्तर अमेरिकामा पनि यो रेकर्ड भएको बताइएको छ। यसअघि २०१२ मा 'एवेन्जर्स' भन्ने फिल्मले २०७ मिलियन डलर कमाएर रेकर्ड बनाएको थियो।

क्रिस प्रेट र बरैस डालासको अभिनय रहेको जुरेसिक वर्ल्डले लगातार रेकर्ड बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

No comments:

Post a Comment