Search This Blog

Wednesday, May 27, 2015

मोटोरोलाले दियो सुरक्षाकर्मीलाई वाकीटोकी

काठमाडौं, जेष्ठ १३ । हालै गएको भूकम्पमा परेर प्रभावित भएकाको उद्धार, राहत र पुनःनिर्माणमा जुटेका सुरक्षाकर्मीलाई सूचना र सन्चार प्रवाहमा सजिलो होस् भनेर मोटोरोला कम्पनीले १ सय ५० ओटा सन्चार उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सूचना तथा सन्चार मन्त्रालयमार्फत् ‘मोटोरोला सलुसन’ र ‘टेक्निक्स कम्यूनिकेसन एन्ड इलेक्ट्रोनिक्सकम्पनी’ले उक्त सन्चार उपहरण हस्तान्तरण गरेको हो ।

बुधबार सन्चार मन्त्रालयमा गरिएको कार्यक्रममा ‘ग्रे हाउन्ड इलेक्ट्रोनिक्स’ प्रालिका म्यानेजिङ डाइरेक्टर आरके मानन्धरले सन्चारमन्त्री डा. मीनेन्द्र रिजाललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

मोटोरोला सलुसनबाट ‘सीपीआइ ३ जीरोजीरो’ वाकीटोकी १ सय थान र टेक्निक्स कम्यूनिकेसन एन्ड इलेक्ट्रोनिक्सबाट एसएम पी एटवानएट वाकीटोकी ५० थान हस्तान्तरण गरिएको हो ।

दुबै कम्पनीबाट हस्तान्तरित सन्चार उपकरण गृह मन्त्रालयमार्फत् नेपाल सरकारका सुरक्षा निकायलाई सन्चालन गर्न दिइने मन्त्री रिजालले बताए ।

भूकम्पपीडितको उद्धार, राहत र पुनःनिर्माणमा जुटेका सुरक्षाकर्मीलाई सूचना र सन्चार प्रवाह गर्न सन्चार उपकरण उपयोगी हुने बताइएको छ । दुबै कम्पनीले सन्चार उपकरण सिंगापुरबाट पठाएका हुन् । 

No comments:

Post a Comment