Search This Blog

Friday, September 25, 2015

भारतको सन्देश लिएर आएका राजदूत उपाध्यायले राष्ट्रपतिलाई भेटे

काठमाडौँ : राष्ट्रपति डा रामवरण यादवसँग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज भेट गर्नुभएको छ ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा राष्ट्रपति डा यादवलाई राजदूत उपाध्यायले जानकारी गराए।  नयाँदिल्लीबाट आजै नेपाल आएका राजदूत उपाध्यायले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई–मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँदिल्लीमा भएका छलफलका विषयमा अवगत गराएका थिए।  राजदूत उपाध्यायले आजै कार्यवाहक परराष्ट्र मन्त्री खगराज अधिकारी, मधेस केन्द्रीत दलका नेताहरु र नेपाल लागि भारतीय राजदूत रणजित रायसँग पनि भेटवार्ता गरे। रासस 

No comments:

Post a Comment