Search This Blog

Tuesday, May 12, 2015

खुलेका हल फेरि बन्द, चलचित्र व्यापार अन्यौलमा

Big Cinema
वैशाख १२ गते आएको भूकम्पपछि बन्द भएका काठमाण्डौका हलहरु शुक्रबारबाट सुचारु भएका थिए । बनाउनुपर्ने केही मल्टिप्लेक्स बाहेक अन्य हलहरुमा चलचित्र लगाउन थालिएको थियो ।

दर्शकहरु हलसम्म आउने क्रम पनि विस्तारै देखिएको थियो । तर, वैशाख २९ गते आएको अर्को भूकम्पले चलचित्र घरहरुलाई अनिश्चितकालका लागि बन्द गराइदिएको छ । मंगलबारको भूकम्पले केही चलचित्र भवनहरु चर्किएका छन् ।

काठमाण्डौको क्यूएफएक्स पनि भूकम्प आए लगतै बन्द भएको छ । काठमाण्डौका अधिकांश हलहरु बन्द भएको चलचित्र संघले जानकारी दिएको छ । हलमा भएको क्षतीको विवरण आइसकेको छैन । काठमाण्डौको सीटीसी मलमा रहेका सीने द सेफ, बीग मुभिज लगायतका हल वैशाख १२ गतेबाट नै बन्द छन् ।

काठमाण्डौ बाहिरका हलहरु भने बन्द गर्ने सोचमा संचालकहरु छैनन् । काठमाण्डौ बाहिरका मुख्य स्टेशनमा भूकम्पको प्रभाव कम परेको छ । जसका कारण पनि हल संचालकहरु हल बन्द नगर्ने बताउँछन् ।

काठमाण्डौका भने सबैजसो हल अब अनिश्चितकालका लागि बन्द भएका छन् । हल बन्द भएसँगै नेपाली चलचित्र कहिलेदेखि प्रदर्शन गर्ने भन्ने अन्यौलता पनि देखिन थालेको छ । छायांकनमा जान लागेका चलचित्र रोकिएका छन् भने प्रदर्शनका लागि तयार भएका चलचित्रको प्रदर्शन मिति धमाधम सारिएको छ ।

No comments:

Post a Comment