Search This Blog

Tuesday, May 12, 2015

मेस्सी उत्कृट, बार्सिलोनाले उपाधि जितोस् : ग्वार्डिओला

Pep

३० वैशाख, काठमाडौं । बार्यन म्युनिखका प्रशिक्षक पेप ग्वोर्डिओलाले बार्सिलोननाका स्टार फर्वाड लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट फुटबलर भएको बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनासँग पराजित हुँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएपछि ग्वार्डिओलाले मेस्सीलाई पेलेसँग तुलना गरेका छन् । साथै उनले यो सिजन च्याम्पियन्स लिग बार्सिलेनाले जितोस् भन्ने कामना गरेका छन् ।

उनले भने-मेस्सी अहिलेसम्मकै उत्कृष्ट फुटबलर हुन् । म उनलाई पेलेसँग तुलना गर्छु ।’

मेस्सीको दुई गोलको मदतमा पहिलो लेगमा बार्सिलोनाले बार्यन म्युनिखलाई ३-० ले हराएको थियो । दोस्रो लेगमा बार्यन ३-२ ले विजयी भयो, जुन खेलमा बार्सिलोनाका नेयमारले दुई गोल गरेका थिए ।

ग्वार्डिओलाको प्रशिक्षणमा रहँदा मेस्सीले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

ग्वार्डिओलाले भने-म आश गर्छु कि बर्लिनमा बार्सिलोनाले पाँचौ युराोपियन उपाधि जित्नेछ ।’

अब उपाधिका लागि बार्सिलोनाले रियल मडि्रड र युभेन्टसबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा युभेन्टस २-१ ले विजयी भएको थियो । दोस्रो लेग बुधबार राति हुनेछ ।

No comments:

Post a Comment