Search This Blog

Tuesday, May 12, 2015

नवलपरासीमा सवारी दुर्घटनामा तीनको मृत्यु

३० वैशाख, नवलपरासी । नवलपरासीको सुनवलमा टिप्पर र बस एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको हो । मृतकको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । १९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको लु १ ख ८४७५ नम्बरको टिप्पर र बुटवलतर्फ जांदै गरेको लु १ ख ३८७४ नम्बरको बस एक आपसका ठक्कर दिंदा सवारी दुर्घटना भएको हो ।

- See more at: http://www.onlinekhabar.com/2015/05/276769/#sthash.bNeaFIvv.dpuf

No comments:

Post a Comment