Search This Blog

Tuesday, May 12, 2015

‘हराएको अमेरिकी हेलिकप्टर भेटिएको छैन’

काडमाडौं, वैशाख ३० – दोलखामा मंगलबारदेखि सम्पर्कबिहीन भएको अमेरिकी हेलिकप्टर अझै फेला नपरेको सरकारले जनाएको छ ।

सुनखानी गाविसमा हेलिकप्टर देखिएको भनिएपनि यसको पुष्टि नभएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । दोलखाका डिएसपी अजय केसीले पनि हेलिकप्टर अहिलेसम्म फेला नपरेको र खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको जानकारी दिनुभयो ।

भूकम्पका कारण बढी क्षति पुगेको सुनखानीमा उद्धारका लागि पुगेको अमेरिकी सेनाको युएनएच १ हुवे हेलिकप्टर मंलबार दिउँसोदेखि सम्पर्क बिहिन भएको हो ।

No comments:

Post a Comment