Search This Blog

Wednesday, May 27, 2015

सेयरमा भूकम्पको धक्का : चार दिनमा सूचक १०० अंकले घट्यो

१३ जेठ, काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर यो सातादेखि सुरु भएको सेयर कारोबार चार दिनमा सय अंकले घटेको छ ।

आइतबार २८ अंकले घटेको नेप्से सूचक सोमबार २९ अंकले र मंगलबार २० अंकले घटेको थियो । बुधबार पनि सूचक २२ अंकले घटेको छ ।
भूकम्पका कारण अर्थतन्त्रमा ठूलो असर परेको र सूचिकृत कम्पनीहरुको नाफा घट्न सक्ने अनुमानमा नेप्से सूचक घटेको हो ।
बुधबार ६९ कम्पनीका २ लाख ७७ हजार कित्ता सेयर १५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबारको कारोबारमा वाणिज्य बैंक समूहको साढे २८ अंकले, बीमा समूहको साढे ८६ अंकले, विकास बैंक समूहको साढे १० अंकले, अन्य समूहको १२ अंकले, जलविद्युत समूहको ६ अंकले र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेको छ ।
बुधबार उत्पादनमूल र व्यापार समूहको भने कारोबार नै भएन ।

No comments:

Post a Comment