Search This Blog

Saturday, May 23, 2015

कालीगण्डकी नदी थुनियो, स्थानीयको भागाभाग

कालीगण्डकी नदी थुनियो, स्थानीयको भागाभाग24 May 2015 
म्याग्दीको बैसेरीमा पहाड खसेर कालिगण्डकी नदी थुनिएको छ। आज बिहान २ बजेदेखि नदी अनुमानित ९० प्रतिशतभन्दा बढी थुनिएपछि बेनीबजार, गलेश्वरलगायत नदी किनारमा पर्ने बस्तीहरु खाली गरिएको प्रहरी सहयाक निरीक्षक विकास तिमल्सीनाले नागरिकन्युजलाई जानकारी दिए। नदी थुनिएपछि स्थानीय सुरक्षित स्थान खोज्दै भागाभाग मच्चिएको छ। अहिलेसम्म नदी खुलाउने प्रयास हुन सकेको छैन। बेनीबजार कालिगण्डकीको दुई किनारमा पर्ने भएकाले धेरै जोखिममा रहेको बताइएको छ। यसले गर्दा म्याग्दीको मात्र नभई पर्वतको मालढुङ्गा, बाग्लुङ जिल्लाका केही बस्तीहरु पनि जोखिममा परेका छन्। 
- See more at: http://nagariknews.com/breaking-news/story/38472.html#sthash.gJFC9lST.dpuf

No comments:

Post a Comment