Search This Blog

Sunday, May 17, 2015

हिन्दु मन्दिरमा बाइबल भेटियो


सिन्धुली  : राहतसँगै बाइबल बाँडिएको चर्चा भइरहेका बेला कमलामाई नगरपालिका–४, स्थित हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध शक्तिपिठ कालीकामाई मन्दिर परिसरमा बाइबल भेटिएको छ ।
 
मन्दिर परिसरमा चारवटा ठुला बाइबल अलपत्र रुपमा छाडिएको अवस्थामा भेटिएका हुन्।  यो हिन्दुहरुको पवित्र स्थलमा बाइबल भेटिनुलाई जिल्लाबासीले रहस्यका रुपमा हेरेका छन्। यसले धार्मिक सहिष्णुतामा समेत खलल पुग्ने आशंका गरीएको छ ।
 
‘यो हिन्दुधर्मको खिल्ली उडाउँदै क्रिश्चियनधर्म मान्नेहरुले यसो गरेका हुन्,’ कालीकामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अच्युतम ढकालले भने, ‘यो नियतबश गरिएको हो ।’
 
धर्म निरपेक्ष राज्यमा हरेक नागरिकले आफुले मनपरेको र रोजेको धर्म मान्न पाउने अधिकार अर्थात धार्मिक स्वतन्त्रता भएपनि  कसैलाई नियतवश वा योजनाबद्ध ढंगले कुनै धर्म मान्न बाध्य गराउनु, प्रलोभन देखाउनु भने राम्रो नभएको ढकालको तर्क छ । 
 
कालीमाई मन्दिरमा आधादर्जन बाइलबल फेला परेका थिए। उक्त बाइबल पनि भुकम्प पीडितहरुलाई राहतको नाममा प्रलोभनमा पार्न ल्याइएको  स्थानीयको भनाइ छ । हिन्दुधर्मलाई नै चुनौती दिएर मन्दिरमा ल्याएर छाडिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
 
तर, कसले र के उद्देश्यले उक्त बाइबल त्यहाँ ल्याएर छाडेका हुन भन्ने केही खुल्न सकेको छैन। मन्दिरमा बाइबल छोडिएको घट्नाबारे छानविन हुनुपर्ने माग स्थानीयले गरेका छन्।

No comments:

Post a Comment