Search This Blog

Wednesday, May 13, 2015

मंगलबारको भूकम्प ‘भर्टिकल’ कि ‘होरिजन्टल’ ?

काठमाण्डु, ३० वैशाख– मंगलबार गएको भूकम्पले धेरै हल्लायो । तर अनुभव सबैको आ–आफ्नै छ । कसैले तयो भूकम्पले तलमाथि(भर्टिकल) हल्लायो भनेका छन्, कसैले दायाँबायाँ (होरिजन्टल) । विज्ञहरुकाअनुसार सामान्यतः भूकम्पको हल्लाई न भर्टिकल मात्रै हुन्छ न होरिजन्टल मात्रै । धेरे जसो भूकम्प दुवै किशिमका कम्पन मिसिएर जाने गर्छ । भूकम्पको तरंग मूलतः दुई किशिमको हुन्छ । एउटा हो ‘बडी वेभ’ अर्को ‘सर्फेस वेभ’ । ‘बडी वेभ’ पनि प्राइमरी र सेकेन्डरी हुन्छ । जमिनमुनिबाट कम्पन हुने ‘बडी वेभ’को ‘प्राइमरी वेभ’ चाहिँ ‘होरिजन्टल’ हुन्छ । चाडै खुम्चिने र चाँदै तन्किने विशेषता हुन्छ ‘प्राइमरी वेभ’मा । ‘सेकेन्डरी वेभ’ चाहिँ भर्टिकल हुन्छ, सिधा ९० डिग्रीमा । यो पनि जमिनमुनि नै हुन्छ । अब जमिनमाथिको कुरा गरौं । जमिनमाथि हुनेलाई सर्फेस वेभ भनिन्छ । यो पनि दुई प्रकारको हुन्छ । ‘लभ वेव’ र ‘रेलिफ वेभ’ । ‘लभ वेव’ दायाँबायाँ हल्लिन्छ भने ‘रेलिफ वेभ’ जाँतो जसरी घुम्ने किशिमको हुन्छ । जियोटेक्निकल इन्जिनियरिङका विद्यावारिधि डा. दीपकराज भाट भन्छन्,‘ यदि रेलिफ वेभ मात्रै गयो भने क्षति भयावह हुन्छ । तर धेरैजसो भूकम्प मिसिएर जान्छ ।’ मंगलबारको भूकम्प कस्तो प्रकृतिको थियो त ? डा. भाट भन्छन्, ‘यसका लागि डाटाहरु अध्ययन गर्नु पर्छ । यस्ता डाटा भूगर्भ विभागसँग छ । तर विभागले अझै डाटा सार्वजनिक गरिसकेको छैन ।’ विभिन्न किशिमका कम्पन मिसिएर आउने भएकोले नै मानिसहरुले होरिजन्टल वा भर्टिकल भनेर फरक फरक अनुभव बताएका हुन् । मंगलबारको भूकम्प कस्तो किशिमको थियो भन्ने जवाफ विज्ञहरुले नै प्राप्त गरिसकेका छैनन् ।

No comments:

Post a Comment