Search This Blog

Monday, February 15, 2010

बेलायतमा विद्यार्थी भिसा खुल्ने

बेलायत सरकारले दक्षिण एसियाका तीन देश नेपाल, दक्षिण भारत र बंगलादेशमा गरेको विद्यार्थी भिसा रोक्का मार्च १ देखि सुचारु गर्ने संकेत दिएको छ । बेलायतका वाणिज्य, सीप तथा आविष्कारमन्त्री प्याक माइकफेडनले यस्तो संकेत दिएका हुन् ।

मन्त्री माइक फेडनलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार तल्लो तहका 'सव युनिभर्सिटी' लाई भने विद्यार्थी भिसा रोक्का जारी रहनेछ । उनीहरूको हकमा बेलायतले भरपर्दो प्रायोजकको व्यवस्थासम्बन्धी प्रणाली स्थापित गरेपछि मात्रै भिसा आवेदन खुला गरिनेछ ।

उनले भनेका छन्, 'बेलायत सरकार उनीहरूको उद्देश्य काम नभई शिक्षा भएकोमा विश्वस्त हुनुपर्छ ।' बेलायत सरकारले फेबु्रअरी १ देखि विद्यार्थी भिसा बन्द गरेको हो । बन्दका कारण भिसा लेटर पाएर आवेदन मिति लिएका र ड्राफ्ट पठाएर भिसा लेटरको प्रतीक्षामा बसेका ५ हजार नेपाली विद्यार्थी प्रभावित भएका थिए । भिसा प्रक्रियाको कुनै काम नभएकाले उनीहरूले बेलायत पठाएको करिब पौने २ अर्ब रुपैयाँ फिर्ता हुने/नहुने अन्योलमा छ ।

भिसा बन्द भएको बेला नेपालस्थित बि्रटिस काउन्सिलले भने आइतबारदेखि राजधानीमा दुई दिने 'शैक्षिक प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा बेलायतका दुई दर्जन कलेज सहभागी छन् । 

No comments:

Post a Comment