Search This Blog

Thursday, May 14, 2015

मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११० पुग्यो

काठमाडौ, वैशाख ३१ - मंगलबारको गएको भूकम्पमा परी मृत्यु हुनेको संकख्या १ सय १० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दिउँसो तीनबजेसम्मको तथ्यांक अनुसार २ हजार ६ सय ९ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९२ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् । यसैगरी घाइते हुनेहरुमा उपत्यकामा १ हजार ५ सय ८५, पूर्वमा १ सय १६, मध्यमा ७ सय ९२, पश्चिम क्षेत्रमा १ सय ५ र मध्य पश्चिम क्षेत्रमा ११ जना रहेका छन् । 

प्रहरीका अनुसार ५८ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये १ हजार ७ सय जना विभिन्न अस्पतालमा उपचाररत छन् । भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ रहेका छन् भने भूकम्पमा परी ४७ जना वेपत्ता छन् । भूकम्पबाट हालसम्म १ हजार ८ सय ५५ पूर्णरुपमा र १ हजार ५४ आंशिकरुपमा गरी जम्मा २ हजार ९ सय ९ भौतिक संरचनामा क्षति पुगेको छ ।

यसैगरी देशका विभिन्न भागमा बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी बिहिबार १५ः०० बजेसम्मको प्राप्त जानकारी अनुसार ८ हजार १ सय ९९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ६७ जना घाइते भएका छन् ।

No comments:

Post a Comment