Search This Blog

Sunday, May 17, 2015

भूकम्पमा परी मृत्यु हुने ८ हजार ५६७

काठमाडौ, जेष्ठ ३ ०१:१६ - गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५६७ पुगेको छ । गृह मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार बढी मृत्यु हुनेमा हालसम्म सिन्धुपाल्चोकमा ३ हजार ४२३, काठमाडौँमा १ हजार २१४, नुवाकोटमा १ हजार ४५, धादिङमा ७२८, रसुवामा ५७९, गोरखामा ४१४, भक्तपुरमा ३२६, काभ्रेमा ३१८, ललितपुरमा १८१ र दोलखामा १५४ जना रहेका छन् ।

No comments:

Post a Comment